विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै जिडब्ल्युएमको ‘ड्रयागन आर्मर’ ब्याट्री



काठमाडाैँ । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको मुख्य प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरेकोमा जिडब्ल्युएम विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ।

नेपालमा हालै सार्वजनिक जिडब्ल्युएम ओरा ५ इभी एसयुभीमा प्रयोग गरिएको ‘ड्रयागन आर्मर’ ब्याट्री जिडब्ल्युएमअन्तर्गतको एसभोल्टले विकास तथा उत्पादन गरेको हो। वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको कम्पनीले जनाएको छ।

ब्याट्रीको विशेष आन्तरिक संरचनाका कारण यसको नाम ‘ड्रयागन आर्मर’ राखिएको हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन्। यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कम्पनीले जनाएको छ। यसैकारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि कवचको रूपमा काम गर्छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्