हेर्नुस् मुद्राको मूल्य?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको विनिमयदर स्तिर छ। तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्राको भाउ घटेको छ। तर पाउन्ड लगायत केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।
आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४१० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







