मतपत्र च्यातिएपछि रेणु र देवी नै यसरी उत्रे आरोप–प्रत्यारोपमा


 


काठमाडौं, जेठ १५
भरतपुर महानगरपालिकाको मतगणनास्थलमा मध्यरातमा मतपत्र च्यातिएपछि भएको विवादलाई लिएर मेयरका उम्मेदवारहरुनै आरोप–प्रत्यारोपमा उत्रेका छन् । एमालेका उम्मेदवार देवी ज्ञवाली र माओबादी–कांग्रेस गठबन्धनकी रेणु दाहालले घटना निम्तिनुमा एक अर्कालाई दोष दिएका छन् ।

देवी ज्ञवालीले माओबादीले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप लगाइरहेका बेला माओबादीकी रेणु दाहालले पनि आफू जित नजिक भएपछि एमाले कार्यकर्ताले षड्यन्त्रपूर्वक धाँदली गरेको आरोप लगाएकी छन् । रेणुले आफ्नो मतान्तर घट्दै गएपनि एमाले कार्यकर्ताहरु आत्तिएर मतगणना गर्ने बाहाना खोजेको आरोप लगाइन् ।
‘मतगणनास्थलबाट माओवादी कार्यकर्तामात्रै नभई एमालेका कार्यकर्ताहरु पनि पक्राउ परेको उनले बताइन् । त्यस्तै, एमालेका देवी ज्ञवालीले पनि एमालेको जित निश्चित भएपछि माओवादीले मतपत्र च्यातिएको दाबी गरेका छन् ।

]उनले आफ्नो अग्रता बढिरहेका बेला अन्तिममा आएर माओबादीले चाल चलेको आरोप लगाए । उनले भने ‘हार्ने निश्चित भइसकेपछि योजनावद्ध ढंगले मतपत्र च्यातिएको छ र यो योजनाबद्ध हो । ’

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्