सुनको मूल्य बढ्यो, कति छ आज ?


 


काठमाडौं, जेठ १६
आज बजारमा सुनको मूल्य बढेको छ । दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला ५५ हजार पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्यमा पनि पाँच रुपैयाँ बृद्धि भएको छ ।

आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सय ७० रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्