श्रीमतीको हत्या अभियोगमा ‘नेपाली ब्रो’ पक्राउ



काठमाडौँ। सामाजिक सञ्जाल टिकटकमा नेपाली ब्रोको रूपमा परिचित कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

उनी आफ्नै श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा गएराति पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गएराति तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले ईश्वरीलाई घरायसी विवादमा फलामको रडले हानेका थिए । गम्भीर घाइते भएकी ईश्वरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्