घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो आज ?


 


काठमाडौं, जेठ १७
आज सुनको मूल्य केही घटेको छ । हिजो तोलामा २ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा झरेको छ । हिलो चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्