सुनको मूल्य ओरालो लाग्दै, चाँदीको मूल्य पनि घट्यो


 



काठमाडौं, असार २०
यो हप्ता सुनको मूल्य ओरालो लागेको छ । आज पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा झरेको छ । हिजो सुन बजारमा ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्