आज कस्तो भयो सेयर बजार कारोबार ?



काठमाडौं, असार २०
मंगलबार पनि पुँजी बजार सामान्य ओरालो लागेको छ । आज वजार ३.०१ अंकले घटेको हो । यो संगै वजार एक हजार ५ सय ४१.२८ अंकमा झरेको छ ।

आज एक सय ४२ कम्पनीको ६ लाख ६४ हजार २ सय ९१ कित्ता सेयर किनवेचवाट ३७ करोड ५९ लाख ७६ हजा ४ सय ९० रुपैयाँको कारोवार भएको छ ।

आज बैकिङ समूहको सूचक २.०६ अंकले झरेको छ भने विकास बैंक समूहको सूचक ४.०१, जलविद्युत समूहको सूचक १३.४८, बीमा समूहको सूचक ३३.३६ र उत्पादनमुलक समूहको सूचक ३.२६ अंकले घटेको छ ।
आज हाटल समूहको सूचक १५.३४ र फाइनान्स समूहको सूचक भने ०.११ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News