कति छ आज सुनको मूल्य ?


 


काठमाडौ, असार २१
आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य केही बढेपनि चाँदीको मूल्यमा भने तलमाथि भएको छैन । आज पनि चाँदी ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्