कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, असार २२
आज नेपाली बजारमा सुनको मूल्य थपघट भएको छैन । आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा नै कारोबार भएको थियो ।

सुनजस्तै आज चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि बजारमा चाँदी  प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्