सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, असार २३
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अाज सुन तोलामा १ सय रुपैयाँले घटेर ५३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

विहीबार भने सुन बजारमा प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुुनको मूल्य तलमाथि भइरहेको भएपनि चाँदीको मूल्य भने यो सातो खासै तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्