दुई विधेयक प्रस्तुत



काठमाडौँ, असार २३

व्यवस्थापिका–संसद्को आजको बैठकमा “अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४” र “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४” प्रस्तुत भएका छन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सदनसमक्ष ती विधेयक प्रस्तुत गर्दै सङ्घ, प्रदेश र केन्द्रका बीचमा वित्तीय व्यवस्थापन गर्न विधेयक आएको जानकारी दिनुभयो ।

यसअघि बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरद्वारा संयुक्तरुपमा प्रस्तुत ती विधेयकमाथिको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News