घट्दै सुनको मूल्य, कति पुग्यो आज ?




काठमाडौं, असार २६
आइतबार मात्रै ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज (सोमबार) थप २ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीमा पनि तोलामा थप पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै तोलामा २० रुपैयाँ घटेर बजारमा ७ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News