बम फ्याँक्ने प्रहरी यसरी पुरस्कृत




काठमाडौं, असार २७

स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ ।

प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् ।

हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।

तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीले जानकारी दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News