आज एकै दिन पाँच सय बढ्यो सुनको भाउ, कति छ मूल्य ?


 


काठमाडौं, साउन १
साउन महिनाको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन ५३ हजार प्रतितोला कारोबार भइरहेको थियो ।

त्यस्तै चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: १ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्