कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, साउन १
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तलमाथि भएको छैन । आज पनि सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य यथावत रहेपनि आज चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आज चाँदी बजारमा प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी ७ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्