शेयर बजार : दोहोरो अङ्कले बढ्यो, कुन कम्पनीको कति ?


 


काठमाडौँ, साउन २

साउन महिना हरियाली भएझै धितोपत्र बजारमा समेत हरियाली छाएको छ । आर्थिक वर्षको सुरुवातीबाटै हरियो झण्डाले स्वागत गरेको बजारले आज पनि निरन्तरता पाएको छ ।

बजार दोहोरो अङ्कले बढेर एक हजार ६०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार २०।५८ बिन्दुले बजार बढेको छ ।

कुल १५४ कम्पनीको २० लाख १२ हजार ४१५ कित्ता शेयर ६९ करोड ४३ लाख ६९ हजार ४३५ मा कारोबार भएको छ । आइतबारभन्दा एक करोडमात्रै बढी कारोबार भएको स्टकले जनाएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ४.४ बिन्दुले बढेको छ । आज सबै उपसूचकहरुमा समेत हरियाली छाएको छ ।

बैंकिङ २१.८३, होटल २६.३९, विकास बैँक २९.५७, जलविद्युत् ९.१८, वित्त क्षेत्र ५.२३, बीमा ९५.३५, उत्पादन समूह २७.०४ र अन्य समूह १.१६ बिन्दुले बढेको छ ।

आज हिमालयन डिस्टिलरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नेशनल माइक्रो फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स, रिलायबल वित्तीय संस्था, सिनर्जी पावर र किसान माइक्रो फाइनान्सको शेयरमूल्यसमेत बढेको स्टकले जनाएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्