सुनको मूल्य बढ्यो, कति पुग्यो आज ?


 



काठमाडौं, साउन ३
आज (मंगलबार) सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो (सोमबार) सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलामा ७ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्