कति छ आज विदेशी विनिमय दर ?



काठमाडौं, साउन ३

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३८ पैसा र विक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २० र विक्रिदर २८ रुपैयाँ ३७ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र विक्रिदर २८ रुपैयाँ १२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९५ पैसा र विक्रिदर २४ रुपैयाँ ०९ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १० पैसा र विक्रिदर ९ रुपैयाँ १५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ०६ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ०४ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ २७ पैसा र विक्रिदर दुई सय ७३ रुपैयाँ ८६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News