सुनको मूल्य बढ्दै, कति छ आज ?


 



काठमाडौं, साउन ४
आज पनि सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ । आज सुन प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतितोला ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्