आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंगलाई ल्याइयो


 



काठमाडौं, साउन ५
राजस्व प्रशासनमा सबैभन्दा बलियो विभाग आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्कीलाई ल्याइएको छ।

विभागको महानिर्देशकबाट चुडामणि शर्मा अनियमितताको आरोपमा निलम्बनमा परेपछि उनको ठाउँमा कार्कीलाई ल्याइएको हो । विभागको महानिर्देशका आकांक्षी धेरै रहेपनि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागको महानिर्देशकको जिम्मेवारीमा किशाेरजङ्लाई ल्याएका छन् ।

विभागका महानिर्देशक चुडामणि शर्मा कर फच्र्यौट आयोगमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकाउ परेपछि महानिर्देशक पद खाली थियो।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्