सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, साउन ५
नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ७ सय पुगेको छ । हिजो सुन प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तीनदेखि स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्