भद्रपुर विमानस्थलमा एक्स–रेबाट चेकजाँच हुने



बनियानी (झापा), साउन ६

भद्रपुर विमानस्थलमा अब एक्स–रे मेसिनबाट चेकजाँच हुने भएको छ । सरकारले मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्स–रे मेसिनबाट सामानको चेकजाँच हुने नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिनुभयो ।

मेसिन सञ्चालनमा आएपछि प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न सहज हुने छ । मेसिन नहँुदा चेकजाँच निकै झन्झटिलो हुने गरेको चूडालको भनाइ छ । मेसिन जडान भइसकेको छ ।

भद्रपुर विमानस्थललाई सुरक्षित एवम् व्यवस्थित पार्ने काम भइरहेको छ । भौतिक संरचना व्यवस्थित गर्ने काम अघि बढाइएको छ । विमानस्थलमा शौचालयको व्यवस्थापन, रङरोगन, टायल लगाउन थालिएको छ ।

विमानस्थलको सुरक्षाका लागि ६ वटा सिसी क्यामेरा जडान गरिएको छ । जापानी संस्था जाइकासँग स्तरोन्नती गर्न सम्झौता भइसकेको चुडालले बताउनुभयो ।

भद्रपुरबाट दैनिक बुद्ध एयरलाइन्सले तीन, यतिले दुई, सौर्य र नेपाल एयरलाइन्सले एक÷एक हवाई उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News