सेयर बजारमा १ अर्ब बढीको कारोबार, कसले कति कमाए ?


 


काठमाडौं, साउन ८

साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक केही अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ ।

तरपनि सेयर बजारमा एक अर्ब छ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ८७ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । १५१ कम्पनीका १५ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आइतबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५.४४ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल र विकास बैंक समूहको परिसूचक बढेका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक घटेका छन् ।

बजारमा तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । त्यस्तै, कुबेर मर्चेन्ट एण्ड फाइनान्स र हिमालय जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ९.७० र ९.२० प्रतिशत कमाएका छन् ।

प्रकाशित मिति: ८ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्