काँग्रेसका २० बढी सदस्यलाई कारबाही, को को परे ?



दाङ, साउन ९
नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका २० बढी सदस्यलाई कारबाही गरेको छ ।

जसमा विद्रोह गरी उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपूबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी, भीमबहादुर डाँगी रहेका छन् ।

त्यस्तै वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी, रहनुभएको छ भने वडा नं ४ वाट धनेश्वर भण्डारीलाई कारबाही गरेको नेपाली काँग्रेस बबई गाउँपालिका संयोजक बलबहादुर बुढाले बताए ।

कारबाहीमा परेकामध्ये चारजना नै चारवटा स्कुलका प्रधानाध्यापक रहेको नेपाली काँग्रेस बबई गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News