कतार संकटको प्रभावः रोजगारीमा जाने नेपालीको संख्या घट्यो कि बढ्यो ?




काठमाडौं, साउन १०

वैदेशिक रोजगारीको आकर्षक श्रम गन्तव्य मुलुक कतारमा डेढ महिनादेखि जारी कूटनीतिक संकट समाधान उन्मुख नभएकाले कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको छ ।

असारमा कतारमा संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५ हजार ५ सय १५ जना रहेको छ । सो महिना कतारका लागि ३८ हजार ९ सय ८५ जनाको मागपत्र आएको थियो ।

गत वर्षको यही महिना कतारका लागि ८ हजार ८ सय ५६ जना कामदार संस्थागत रुपमा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । आजको राजधानी दैनिकमा खबर छ ।

सो संख्या गत वर्षको असारको भन्दा ३ सय ४१ जनाले कम हो । हाल कतारमा अन्य खाडी क्षेत्रका देशहरुले लगाएको नाकाबन्दीको प्रभावकै कारण अहिले नेपालबाट कतारलगायत अन्य खाडी मुलुकतर्फ जाने कामदारको संख्या घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News