कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, तपाई के हुनुभयो ? (यहाँ हेर्नुहोस नतिजा)



काठमाडौँ, साउन १०

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया जान गत जेठमा लिइएको भाषा परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएका छन् ।

मानव संसाधन विभाग कोरियाले लिएको परीक्षामा १२ हजार १०८ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग नेपालअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ ।

उत्तीर्ण भएका उम्मेदवारले स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदनलगायतमा सफलता प्राप्त गर्नुपर्ने शाखाले जनाएको छ । यसरी उत्तीर्ण भएकाहरु कोरिया जाने निश्चित भने हुँदैन ।

उत्तीर्ण भएकालाई प्रतीक्षा सूचीमा राखी कोरियाबाट आएको मागका आधारमा मात्रै उनीहरुलाई पठाउने गरिन्छ । उत्तीर्ण भएकाको नामावली www.epsnepal.gov.np,www.mole.gov.np, www.eps.go.kr मा हेर्न सकिने शाखाले जनाएको छ ।

भाषा परीक्षाका लागि ७५ हजार ६०० जनाले आवेदन दिएकामा गत जेठमा भएको परीक्षमा ६८ हजार मात्रै परीक्षार्थी सहभागी भएका थिए ।

यहाँ क्लिक गरेर हेर्नुहाेस् अाफ्नाे नतिजा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News