देशमा ७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा


 



काठमाडौं, साउन ११

सरकारले २१ दिनको समय दिएर गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला भन्ने द्विवविधामा परेको छ । आजको नयाँ पत्रिका दैनिक खबर छ ।

क्षेत्र निर्धारणका लागि सुझाव लिन छलफलका लागि बोलाइएका विज्ञहरुले नै चारथरी सुझाव दिएपछि कसरी अगाडि बढ्ने भन्नेमा आयोग नै अलमलमा परेको छ ।

संविधानले नै जिल्लाबारे प्रस्टता नदिएकाले आयोगका पदाधिकारी र विज्ञहरुले प्रष्ट जवाफ दिन सकेका छैनन् । पहिला जिल्लाको संख्या मिलाएर मात्र क्षेत्र निर्धारणको अन्य काम सुरु गर्ने तयारीमा आयोग लागेको छ

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्