एक वर्षभित्र सातै प्रदेशबाट भिषा जारी गरिने


 


काठमाडौं , साउन ११

गृह मन्त्रालयले १ वर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ । केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न अध्यागमन विभागले सबै प्रदेश र पर्यटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न प्रक्रिया अघि बढाएको हो ।

२०७५ असोजभित्र यो सुविधा सबै प्रदेश तथा अन्तर्गतका कार्यालयबाट उपलब्ध गराइनेछ । विभागका महानिर्देशक गंगालाल गेलालका अनुसार आवश्यकता, औचित्य र सेवाग्राहीको चापका आधारमा प्रदेशअन्तर्गतका विभिन्न स्थानमा भिषा सेन्टर स्थापना गरिने छ ।

यसका लागि निश्चित मापदण्ड र निर्देशिकासमेत बनाएर भिषा कागजात जारी गर्न निजी क्षेत्रलाई समेत सहभागी गराउने विभागको तयारी छ । आजको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्