विवेकशील र साझा पार्टीको एकतापछि के राखिँदैछ नयाँ नाम ?


 



काठमाडौं, साउन ११
रवीन्द्र मिश्र नेतृतमा रहेको साझा र उज्जवल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच आज एकीकरण हुँदैछ । दुई दल सामूहिक नेतृत्वमा जानेगरी एकीकृत हुन लागेका हुन् ।

नयाँ बानेश्वरस्थित एक होलटमा दिउसो एकीकरणको घोषणा हुँदैछ ।एकीकरणपछि पार्टी सञ्चालनका लागि केन्द्रीय संयोजन समिति बन्नेछ ।

मिश्र र थापाको सामूहिक नेतृत्वमा पार्टीको काम कारबाही अघि बढ्नेछन्। पार्टीको नाम विवेकशील साझा पार्टी प्रस्तावित छ। पहिलो चरणको स्थानीय तह निर्वाचनमा उपत्यकामा दुवै दलले लोकप्रिय मत पाएका थिए।

स्थानीय तह निर्वाचनअघि पारित राजनीतिक दलसम्वन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउनका लागि समानुपातिक तर्फ सदर मतको ३ प्रतिशत र प्रत्यक्षमा एक सिट अनिवार्य गरेपछि दलबीचमा एकीकरणले तीव्रता ल्याएको छ।

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्