डेढ महिनापछि मन्त्रिपरिषद विस्तार, १९ मन्त्री थपिए (सूचीसहित)


 


sher-bahadur-deuba
काठमाडौं, साउन ११

प्रधानमन्त्री शेरबहादुर देउवाले डेढ महिनापछि बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

जमध्ये बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री थपिएका छन् । यसअघि देउवाले प्रधानमन्त्रीमा निर्वाचित हुँदा आठ सदस्यीय सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए ।

यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । सरकारको प्रवक्ता तथा सञ्चार मन्त्रालयमा मोहनबहादुर बस्नेत मन्त्री भएका छन् ।

कांग्रेसबाट को–को मन्त्री ?
देउवा समूह
बीरबहादुर बलायर – भौतिक पूर्वाधार
अम्बिका बस्नेत – सहकारी तथा गरिबी निवारण
महेन्द्र यादव – खानेपानी तथा सरसफाई
मीन विश्वकर्मा – बाणिज्य

रामचन्द्र पौडेल समूह
रामकृष्ण यादव – कृषि
यज्ञबहादुर थापा – कानून
सञ्जय गौतम – सिचाई
राजन केसी – युवा तथा खेलकुद

कृष्ण सिटौला समूह
भीमसेनदास प्रधान – रक्षा
खुमबहादुर खड्का समूहबाट
मोहनबहादुर बस्नेत – सञ्चार

१३ मन्त्रालय पाएको कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधान एवं शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्लाह मन्सुर श्रम तथा रोजगारमन्त्री भइसकेका छन् ।

माओवादी केन्द्रबाट
गिरिराजमणि पोखरेल – स्वास्थ्य
टेकबहादुर बस्नेत – सामान्य प्रशासन
महेन्द्रबहादुर शाही – उर्जा
शिवकुमार मण्डल – आपूर्ति
आशा कोइराला – महिला बालबालिका तथा समाज कल्याण
सन्तकुमार चौधरी – पशुपक्षी

९ वटा मन्त्रालय पाएको माओवादी केन्द्रबाट कृष्णबहादुर महारा उपप्रधान तथा परराष्ट्र, जनार्दन शर्मा प्रभाकर गृह र प्रभु साह सहरी विकासमन्त्री भइसकेका छन् ।

लोकतान्त्रिक फोरम
जितेन्द्रनारायण देव – नागरिक उड्डयन तथा पर्यटन
गोपाल दहित – भूमिसुधार
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार यसअघि नै उपप्रधान तथा स्थानीय विकासमन्त्री भइसकेका छन् ।

नेकपा संयुक्त
मिथिला यादव – वातावरण

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्