मिथिलाञ्चलमा किन मनाइएन आज रक्षाबन्धन ?


 


काठमाडौं, साउन १३
देशका अन्य विभिन्न ठाउँमा जनैपुर्णिमा र नागपञ्चमी एकै दिन मनाइरहेको बेला मिथिलाञ्चल क्षेत्रमा भने आज रक्षाबन्धन अर्थात जनैपुर्णिमा मनाइएन । यहाँ साउन २३ गते सोमबार पुर्णिमाको दिन यो पर्व मनाइने भएको छ ।

पञ्चांग निर्णायक समिति काठमाण्डौंले यस वर्ष रक्षाबन्धन पर्व नागपञ्चमीको दिन आज साउन १३ गते शुक्रबारकै दिन मनाउन भनेको भएपनि यहाँ त्यसाे भएन । काशी विश्वविद्यालय, दरभंगा विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालयले जारी गरेको पञ्चांगमा श्रावण पुर्णिमा (श्रावण २३ गते) को दिन रक्षाबन्धन उल्लेख गरेका कारण यहाँ रक्षाबन्धन नबनाइएको हाे । 

पञ्चांग निर्णायक समितिले गरेको तर्क पनि सत्य र तथ्यपरक नरहेको आचार्य पण्डित संतोष कुमार पाण्डेयले दावी गरे । उनले उल्टै यस अघि २०४७ र २०२८ सालमा नागपञ्चमीको दिन रक्षाबन्धन मनाएको भनेर गरेको तर्कमा पनि सत्यता नदेखिएको दाबी गरे ।

पञ्चांगहरुको आधार मान्ने हो भने रक्षाबन्धन पर्व श्रावण २३ गते सोमबार मनाउनुपर्छ । उनले आज मनाइएको रक्षाबन्धन पर्वलाई उनले ‘मनपरी’ को संज्ञा दिएका छन् । तर, पञ्चांग निर्णायक समितिले पुर्णिमाको राति चन्द्रग्रहण पर्न गएकोले रक्षाबन्धन मनाउन नहुने कारण देखाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्