डा. केसीका प्रतिनिधि र सरकारी बार्ता टोलीबीच वार्ता हुँदै


 



काठमाडौं, साउन १३
चिकित्सा क्षेत्र सुधारका लागि पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागका सम्वन्धमा छलफल गर्न आज सरकारी बार्ता टोली र केसीका प्रतिनिधिहरुबीच बार्ता हुँदैछ ।

डा.केसीका मागका सम्बन्धमा छलफल गर्न विहीबार बसेको मन्त्रिपरिषदको बैठकले बार्ता टोली गठन गरेको थियो ।

शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा गठित वार्ता टोली केसीका प्रतिनिधिबीच आज विहान ११ बजेका लागि छलफलको समय तोकिएको छ ।

सरकारी बार्ता टोलीको सदस्यहरुमा प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली र स्वास्थ्य सचिव किरण रेग्मी पनि छन्।

प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्