दुई युवतीद्वारा पुरुषको यौन शोषण !


 


घटना विवरणअनुसार दुई युवतीले अटो ड्राइभरको यौन शोषण प्रयास गरेका हुन्। केटीहरुको हर्कतबाट जोगिन उनले घरबाट हाम्फाल्नु फाले र दुवै घुट्टा भाँचिए । आरोपीमध्ये एक केटीलाई प्रहरीले पक्राउ गरेको छ। अर्की एक फरार छिन् ।

घटना गत मंगलबारको हो । पीडित अटो चालकका अनुसार इग्नु रेडमा एक केटीले सफदरगञ्ज जान अटोमा चढिन् । साकेत पुगेपछि उनले सामान खरिद गर्न ३०० रुपैयाँ मागिन् ।

करिब १२ः३० ती युवतीले भाडा दिने बाहनामा चालकलाई घरभित्रै बोलाइन् । कोठा बन्द गरेर आफू मदिरा पिउन थालिन् र चालकलाई पनि पिउन आग्रह गरिन् ।

केही बेरपछि ती युवतीकी अर्की साथी आइन्, जो ताञ्जनियाकी थिइन्। अटो चालकको बयानअनुसार त्यसपछि दुवैले उनको कपडा फुकाले अनि जबरजस्ती गर्ने प्रयास गरे । बिरोध गरेपछि दुवैले भिडियो खिच्न थाले ।

यही मौकामा आफूलाई बचाउन उनले खिड्की फुकाले घरबाट हाम्फाले । घाइते चालकले प्रहरीलाई फोन गरे। प्रहरीले आरोपी युवतीलाई पक्राउ गरेको छ। ताञ्जनियामूलकी अर्की युवती भने फरार छिन् । एजेन्सी

प्रकाशित मिति: ३१ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्