३३ किलो सुनकाण्डका आरोपी साधारण तारेखमा रिहा



काठमाडौं,  साउन १५

३३ किलो सुनको अवैध कारोबार प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई साधारण तारेखमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशद्वय भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार खत्रीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

काठमाडौं जिल्ला अदालतको आदेश बेरीतपूर्वक भएको भन्दै खत्री मुलुकी ऐन अदालती बन्दोबस्त १७ नम्बरअनुसार उच्च अदालतमा निवेदन लिएर पुगेका थिए । खत्रीसहित सुन प्रकरणमा मुछिएका गोपालबहादुर शाही, रामहरि कार्की, राजकुमार ढकाललगायतले पनि पुरनावेदन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News