Deshko News
१६ मंसिर २०८०, शनिबार

प्रेमिल जोडीले गरे देशकै सबैभन्दा अग्लो पुलबाट आत्महत्या


 


काठमाडौं, साउन १६

नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक प्रेमिल जोडी आत्महत्या गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षीय अकिन गुरुङ र ललितपुर उपमहानगरपालिका १४ ढिलाहिटीकी २५ बर्षीय मुना रानाले आत्महत्या गरेको खुलको छ।

थप खबरअनुसार पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने पुलबाट हामफालेर शनिबार राति यो जोडीले आतमहत्या गरेका हो ।

उक्त जोडीको शव आइतबार बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको हो । केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेका थिए ।

प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्