देउवाको राजकीय भारत भ्रमणको मिति तय, कहिलेदेखि कहिलेसम्म ?



काठमाडौं, साउन १६

प्रधानमन्त्री शेरबहादुर देउवाले १ देखि ५ भदौसम्म भारतको राजकीय भ्रमण गर्ने तय भएको छ । नेपाल र भारतको कूटनीतिकस्तरमा यो मिति टुंगिएको हो । केही दिनभित्रै औपचारिक मिति घोषणा हुने भारतीय कूटनीतिक स्रोतले जानकारी दियो । आजको नयाँ पत्रिकामा खबर छ ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमण १ देखि ५ भदौसम्म हुने गरी हामी गृहकार्य गरिरहेका छौँ, नेपाली पक्षसँग कुराकानी गरेर चाँडै नै औपचारिक घोषणा गर्छौं,’ भारतीय कूटनीतिक स्रोतले नयाँ दिल्लीबाट टेलिफोनमा भन्यो । अहिलेको तयारीअनुसार प्रधानमन्त्री देउवा १ भदौमा दिल्ली गएर ५ भदौमा स्वदेश फर्किनेछन् ।

उनले २ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्दसहित उच्च भारतीय नेतासँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । प्रधानमन्त्री देउवा आन्ध्र प्रदेश जाने विषयमा छलफल भए पनि टुंगिन बाँकी रहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News