माछापुच्छ्रे बैंकले खोल्यो एकैदिन ११ शाखा



काठमाडौं, साउन १६
माछापुच्छ्रे बैंकले आज (सोमबार) एकैदिन ११ वटा शाखा खोलेको छ । बैकले छ वटा शाखा, तीनवटा एक्सटेन्सन काउनटर र दुई वटा शाखारहित कार्यालय खोलेको हो ।

माछापुच्छ्रे बैंकले दिएको जानकारी अनुसार दमक, लहान, वर्दिबास, कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा शाखा खोलेको हो ।

त्यस्तै तनहुँ, सिराहाको कल्याणपुर र कञ्चनपुरमा एक्सटेन्सन काउण्टर र रुपन्देहीका दुर्इ ठाउँ शाखारहित कार्यालय खुलेका हुन् । अब माछापुच्छ्रे बैंकका ६८ वटा शाखा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News