भरतपुर–१९ मा पुनः मतदानका लागि मिति तोक्न निर्देशन



काठमाडौँ, साउन १६

निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नंं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउने मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिएको छ ।

आयोगको आजको बैठकले उक्त वडाको मतदान हुने स्थान, मिति र समय तोक्न महानगरपालिका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गर्ने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जनाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदान भई मतगणनाका क्रममा जेठ १५ गते मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो ।

उक्त घटनापछि सर्वाेच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो ।

मतगणनाका क्रममा सो वडाको ९० मतपत्र च्यातिएका थिए । नेकपा(माओवादी केन्द्र)का तर्फबाट रेणु दाहाल र नेकपा(एमाले)का तर्फबाट देवी ज्ञवाली उक्त महानगरपालिका प्रमुखमा उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News