प्रधानमन्त्री कार्यालयमा काम सकिएको झुटो ‘प्रतिवेन’!



काठमाडौं, साउन १७
प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन् । आजको नागरिकमा खबर छ।

प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजो निकायले झुटो प्रतिवेदन पठाएका बताए । ‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं,’ प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ।’

प्रधानमन्त्री कार्यालयमा सोमबार सरोकारवाला निकायले कामको विवरण पठाएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले ६८ प्रतिशत काम सकिएको प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News