राजीनामा दिन पुगेका श्रेष्ठलाई देउवाले यसरी फर्काए


 


काठमाडौं, साउन १७

पदबाट राजीनामादिन कार्यालय बाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्री शेर बहादुर देउवाले अझै केही समय पर्खन भन्दै फर्काएका छन् ।

महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ दिउँसो साढे चार बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए ।

तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुन महान्यायधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्किएको जानकारी गराए ।

श्रेष्ठले भने, ‘मैले राजीनामाको कुरा गर्दा प्रधानमन्त्रीले अहिले पर्खनुहोस् भन्नुभयो ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्