भरतपुर–१९ मा पुनः मतदानको मिति तोकियो, आजैदेखि मौन अवधि सुरु


 


चितवन, साउन १७

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान यहि साउन २० गते (शुक्रबार) हुने भएको छ ।

आज बसेको सर्बदलीय बैठकले पुनः मतदानको मिति तोकेको मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले जानकारी दिए । दुई दिनपछि मतदान हुने भएपनि मौन अवधि पनि आजैदेखि सुरु भएको छ ।

यसअघिसम्म महानगरको वडा नम्बर १९ मा दलहरु प्रचार प्रचारमा जुटेका थिए । बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनपछि मतगणनाका क्रममा जेठ १४ गते ९० वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो।

निर्वाचन आयोगले कानुन अनुसार पुनः मतदानको निर्णय गरे पनि अदालतमा मुद्दा परेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन। सर्वोच्चले उक्त रिट खारेज गरेर आयोगको निर्णय सदर गरेपछि भरतपुर महानगरमा पुनः मतदान हुन लागेको हो।

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्