एमालेको स्थायी समिति बस्दै, के बनाउँदैछ नयाँ रणनीति ?


 



काठमाडौं, साउन १९
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी समिति बैठक आज दिउसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।

पछिल्लो राजनीतिक अवस्था र भरतपुर महानगर–१९ को मतदानका विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक डोकेको हो ।

बैठकले निर्वाचनको तयारी, जिल्ला समन्वयन समितिको प्रमुख र उपप्रमुख तथा अन्य विविध विषयमा छलफल पश्चात महत्वपूर्ण लिने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । एमालेले प्रदेश नं. २ को निर्वाचनलाई लिएर महत्वपूर्ण रणनीति बनाउने जनाइएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्