अागामी निर्बाचनबारे आयोगले राख्यो यस्तो शर्त, दलहरु दोधारमा


 



काठमाडौं, साउन २०
दलहरुले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै पटक गरौं भन्ने प्रस्ताव राखिरहेका बेला निर्वाचन आयोगले पनि आफ्नो शर्त अगाडि सारेको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र प्रयोगमा ल्याउन सकिने भए प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सकिने बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक मतपत्र छापेर एकै चरणमा निर्वाचन गर्न कठिन हुने उनको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका बेला निर्वाचन आयुक्तको यस्तो धारणा सार्वजनिक भएको हो ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्