भरतपुर वडा नम्बर १९ मा मतगणना सुरु


 


काठमाडौं, साउन २०
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा राती साढे १० बजे देखि मतगणना सुरु भएको छ । यो वडामा आजै पुन मतदान भएको थियो ।

मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि हुने पनि वैठकले निर्णय गरेको छ । भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ ।

पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो  । मतगणना भइरहेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि आज मतदान भएको हो ।

प्रकाशित मिति: २० श्रावण २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्