भरतपुर–१९ मा को उम्मेदवार बलियो ?


 



भरतपुर, साउन २१
भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी छ । यो वडामा एमालेका देवी ज्ञवाली भन्दा माओबादी केन्द्रकी रेणु दाहाल बलियो देखिएकी छन् ।

यहाँ २ हजार मत गणना गर्दा रेणुको पक्षमा १ हजार १३८ मत खसेको छ भने देवीको पक्षमा ६९२ मत मात्रै खसेको छ ।

मेयरकी उम्मेदवार माओवादी केन्द्र–कांग्रेस गठबन्धनकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँग मतान्तर कम गर्दै लगेकी छिन् । अहिले देवीको कुल मत ४१ हजार ६ सय ७२ पुगेको छ भने रेणुको ४१ हजार २५४ मत पुगेको छ।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्