बेपत्ता जनप्रतिनिधि कमलाको २३ दिनपछि कंकाल भेटियो



संखुवासभा, साउन २१

कांग्रेसका तर्फबाट निर्विरोध निर्वाचित भोटखोला गाउँपालिका-५ संखुवासभाकी दलित सदस्य कमला विकको २३ दिन पछि कंकाल भेटिएको प्रहरीले जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।

गत असार ३४ बाट हराइरहेकी ३८ बर्षीया बिकको कंकाल अरुण नदी र ठगम खोला दोभानमा भेटिएको हो ।

५० फिटमाथि ढुंगाको चेपमा उनको कंकाल भेटिएको प्रहरीले जनाएको छ । उनको शव भेटिएको स्थानमा चुँडिएको सल पनि फेला परेको छ ।

उनको कंकाल परिक्षणका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । विक निर्वाचित भएलगत्तै बेपत्ता भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News