पूर्वप्रधानन्याधीश सुशीला कार्की पनि सडकमा !


 


काठमाडौं, साउन २१
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पनि आज शनिबार अनसनरत डा. गोविन्द केसीको समर्थनमा सडकमा उत्रिने भएकी छन् ।

डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ दिनदेखि आमरण अनसनमा बसेका छन् ।

पूर्वप्रधानन्यायाधीश कार्की १२ बजे माइतीघरदेखि नयाँ बानेश्वरसम्म सडकमा उत्रिने सोलिडारिटी फर प्रोफेसर डा. केसी अलायन्सका कार्यबाहक संयोजक डा. अभिशेकराज सिंहले जानकारी दिए ।

कार्कीले र्‍यालीपछि बानेश्वर चोकमा आयोजना हुने कार्यक्रममा सम्बोधनसमेत गर्ने कार्यरहेको रहेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्