राजपाको निर्णयपछि देउवाले थाले यस्तो पहल, साथ दिन्छ एमाले ?


 



काठमाडौं, साउन २२
सत्ता गठबन्धनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत तराई–मधेसकेन्द्रित दललाई सहभागी गराउनका लागि संविधान संशोधन प्रस्तावलाई फेरि अघि बढाएको छ ।

सत्तपक्षले प्रतिपक्ष, आन्दोलनरत राजपासँग संशोधनका एजेन्डा थपघट गराउन अनौपचारिक छलफल चलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग संशोधनका बुँदा लिखित रुपमा राखेर अनौपचारिक छलफल अघि बढाएका छन् ।

एमालेलाई मनाउन देउवाले पठाएको लिखित बुँदामा नागरिकता, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व र संख्या थप उल्लेख भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवासँगको अनौपचारिक छलफलमा एमालेले तीनै चरणको निर्वाचनपछि मात्र संशोधन अगाडि बढ्न सक्ने अडान लिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्