प्रजातन्त्रपछिको २७ बर्षमा कति गाडी अायात भए? यस्तो छ पत्याउनै नसकिने तथ्याङ्क


 


काठमाडौं, साउन २२

बहुसंख्यक नेपालीका लागि बिलासी वस्तुको रुपमा रहेको गाडी आयात पछिल्ला बर्षमा ह्वात्तै बढेको छ ।

सरकारी तथ्यांकअनुसार मुलुकमा प्रजातन्त्र आएपछिका २७ बर्षमा २८ लाख सवारी साधन आयात भएका छन् । आजको नागरिकमा खबर छ ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक बर्ष २०४६/४७ देखि २०७३/७४ सम्ममा २७ लाख ८३ हजार चार सय २८ गाडी आयात भएका छन् ।

मुलुकमा सडकको अवस्था राम्रो नभए पनि गाडीको संख्या भने तीव्र रुपमा बढेको देखिन्छ । आव ०४६/४७ सम्ममा नेपालमा ७६ हजार तीन सय ७८ वटा गाडी आयात भएको सरकारी अभिलेख छ ।

पछिल्लो आर्थिक बर्षमा भने चार लाख ४४ हजार दुई सय ५९ गाडी विदेशबाट आयात भएको देखिन्छ । सबैभन्दा धेरै गाडी वागमती अञ्चल यातायात कार्यालयमा दर्ता भएका छन् ।

प्रकाशित मिति: २२ श्रावण २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्